आईएमई लाइफ इन्स्योरेन्सको नयाँ शाखा कञ्चनपुरको पुनर्वासमा |
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा बिस्तार गर्ने क्रममा कञ्चनपुरको पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक उद्घाटन गरेको छ।
पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले कार्यालयको उद्घाटन गरेका छन्।
समारोहमा मेयर थापाले बीमा सम्बन्धी जागरण अभियानमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई सदैव सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे।
त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीका भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा प्रकाश पारे।
हाल कम्पनीका देशभर १३४ वटा शाखा तथा उप—शाखा सञ्चालनमा छन्। कम्पनीमा हाल २ हजार ७ हजार ४३४ बिमित छन् भने २३ हजार ४१४ अभिकर्ता कार्यरत छन्।


