सिजि ब्रान्डले सार्वजनिक गर्यो सिजि स्मार्ट होम स्कीमको पहिलो बिजेता |
काठमाडौं । नेपाली बजारलाई लक्षित गर्दै सिजिले यस वर्ष सिजि स्मार्ट होम नामक योजना ल्याएको छ।
यो योजना भाद्र २५, २०७८ बाट सुरु भएको थियो । उक्त योजनाको पहिलो लक्की ड्र कार्तिक १५ गते सिजिब्रान्डको फेसबुक र यूट्यूब लाइभमार्फत घोषणा गरिएको थियो।
यस स्कीमको पहिलो बिजेता बिर्तामोड, झापाकी मिना अधिकारी भएकी छिन् । अधिकारीले सिजिको डबल डोर रेफ्रिजेरेटर जितेकी छिन् ।
सिजि ब्रान्डले दसैँ–तिहारको अफरमा ५५,००० (रुपियाँसम्मको नगद क्यास ब्याक, लकीड्रमार्फत सिजिको डबल डोर रेफ्रिजेरेटर, र बम्परमा तीन दिनको मेघौली सेराइ प्याकेज र अन्य आकर्षक उपहारहरू रहेका छ।
सिजि स्मार्ट होम योजनाले अझै पनि भाग्यशाली बिजेता घोषित गर्ने नै छ ।
योजनाको भाग्यशाली बिजेता हुनका लागि टाइप सिजिएसएच<नाम><ठेगाना ><बिलनम्बर> र ३१००१मा पठाउनु पर्ने हुन्छ ।
यो योजना छठ पूजासम्म लागूहुने कम्पनीले जानकारी दिएको छ ।



