पुष्पतारा केडिया सेवा फाउन्डेशनद्वारा पत्रकार महासंघ चितवन शाखाको भवन निर्माण गर्न वृज सिमेन्ट सहयोग |
काठमाडौं । पुष्पतारा केडिया सेवा फाउन्डेसनले पत्रकार महासंघ चितवन शाखाको भवन निर्माण गर्न वृज सिमेन्ट सहयोग गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखालाई आफ्नो भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्टले उपलब्ध गराउने भएको हो ।
आज आयोजित एक कार्यक्रमबीच वृज सिमेन्टका चितवनका सेल्स म्यानेजर लक्ष्मी प्रसाद गुप्ता, वृज सिमेन्ट चितवनका आधिकारिक बिक्रेता उत्सव इन्टरप्राइजेजका प्रोप्राइटर सिरिस पन्त र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवाली बीच सहमती भएको हो ।


