मलेखुमा सांग्रिला डेभलपमेन्ट बैंकको डिजिटल बैंकिङ्ग सम्बन्धी चेतनामूलक कार्यक्रम |
धादिङ । सांग्रिला डेभलपमेन्ट बैंक मलेखु शाखाले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी अधिकृतहरु तथा प्रहरी जवानहरूलाई डिजिटल बैंकिङ्ग सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैक मलेखु शाखाका प्रमुख गौरव काफ्लेले डिजिटल बैंकिङ्गको महत्वबारे प्रष्ट पार्दै पहिले जस्तो लामो लाइन बस्नुपर्ने बाध्यता हटेको बताए । उनले एटीएम, ई बैंकिङ्ग, मोबाइल बैंकिङ्गको प्रयोगबाट धेरै समयको बचत हुने र सुरक्षित कारोबार गर्न सकिने बताए ।
कार्यक्रममा प्रहरी उपरिक्षक महेन्द्र खड्काले डिजीटल बैंकिङ्गको महत्व बढिरहेको वर्तमान समयमा यस कार्यक्रमले थप महत्वपूर्ण भूमिका खेलेको बताए । उनले नगदरहित कारोबारका लागि सबैलाई आग्रह समेत गरे ।


