लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड प्राप्त |
काठमाडौं । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय ‘नेपाल चार्टड एकाउन्टेन्ट संस्था’ (आईक्यान) ले लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड प्रदान गरेको छ ।
आईक्यानले प्रत्येक वर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड ऐनुअल रिपोर्ट (बिपीए) को फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड लुम्बिनी विकास बैंकले पाएको छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो ।
लुम्बिनी विकास बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


