कोका–कोला र नेपाल युवा परिषदको युवाहरुलाई आइडिया पिचिङ प्रतियोगितामा भाग लिन आग्रह |
काठमाडौं । बोटलर्स नेपाल (तराई)ले नेपाल युवा परिषद(नेपाल युथ काउन्सिल)सँगको सहकार्यमा एउटा नवीन प्रतियोगिताको लागी सीड फन्डिङ प्रदान गर्ने भएको छ ।
यो प्रतियोगिताले प्रत्येक प्रदेशबाट आउने उत्कृष्ट विचारहरूलाई यसको सामाजिक पहल ‘युथ इन्गेज्मेन्ट इनक्लाइमेट एक्सन इनिसियटिभ’ अन्तर्गत पुरस्कार प्रदान गर्नेछ ।
सेप्टेम्बर ७ मा भाग लिने अन्तिम मिति नजिकिँदै जाँदा, कोका–कोला र नेपाल युवा परिषदले नेपाल भरिका युवाहरुलाई प्रतियोगितामा भाग लिनको लागि आमन्त्रित गरेको हो ।
कोका–कोलाले २०१८ देखि नेपाल युवा परिषदसँग नेतृत्व, उद्यमशीलता, नेटवर्किङ र व्यक्तित्व विकास सम्बन्धी प्रान्तीय सम्मेलन र युवा संलग्नता कार्यक्रमको आयोजना गर्नको लागी सहकार्य गर्दै आइरहेको छ ।


