कुलमानद्वारा प्राधिकरणको दोहन, विज्ञापन दिएर कब्जा गरे मिडिया |
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञापन दिएर मिडियालाई आफ्नो कब्जामा पारेको खुलेको छ । उनले अघिल्लो ४ वर्षे कार्यकालमा मिडियालाई आफ्नो विरुद्धमा लेख्न नसकुन भनेर २८ करोड रुपैयाँ खर्चिएको फेला परेको छ ।
घिसिङले विज्ञापन दिएर मिडियालाई कब्जा गरेकाले पनि उनले प्राधिकरणभित्र गरेको कालाकर्तुत बाहिर नआएको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् ।
‘मिडिया कब्जा नै उनको रणनीति थियो । जनताले तिरेको पैसामाथि कलुमानको राज चल्यो । त्यही भएर कुनै पनि मिडियाले कुलमानको सत्यतथ्य बाहिर ल्याउन सकेनन्,’ प्राधिरकणका एक कर्मचारीले भने, ‘कुलमानले झण्डै १००० भन्दा बढी मिडियालाई विज्ञापन दिएका थिए । त्यही भएर उनले गरेका बदमासी बाहिर आउन सकेनन् ।’
घिसिङ ४ वर्षको अवधिमा झण्डै २८ करोड रुपैयाँ बाँडेपछि उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ । मिडियालाई किनेर उनले प्राधिकरणभित्र गैरकानुनी धन्दा चलाएको र छानबिन गरेर उनीमाथि काराबाही गर्नुपर्ने भन्दै अख्तियारमा उजुरी परेको हो ।
‘जनताले तिरेको पैसाबाट मिडिया किन्ने र गैरकानुनी काम गर्ने प्रवृत्ति अहिले पनि देखिएको छ,’ स्रोतले भन्यो ।




