राधि विद्युतको नाफा घट्यो |
काठमाडौं । राधि विद्युतले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १७ प्रतिशतले घटेको वित्तीय विवरण प्रकाशित गरेको छ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा उसको खुद नाफा समेत घटेको हो। गत वर्ष कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १८ प्रतिशतले घटेर १२ करोड ९७ लाख रुपैयाँमा झरेको छ। गत वर्ष यस्तो आम्दानी १५ करोड ९८ करोड रुपैयाँ थियो।
गत वर्ष कम्पनीले खुद नाफा समेत घटेको छ। गत वर्ष उसको नाफा १७ प्रतिशतले घटेर ६ करोड १४ अर्ब रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको चौथो त्रैमासमा उसले ७ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ६४ पैसाबाट घटेर ९ रुपैयाँ ५१ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ बढेर ११० रुपैयाँ ९१ पैसा छ। उसको मूल्य आम्दानी अनुपात ७८ गुणा रहेको छ।


