आजबाट देशभर भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान सुरु |
काठमाडौं । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आज (साउन २२ गते) देखि दोस्रो डोज पाउने भएका छन् ।
भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने छ । दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्नेछ ।



