लक्ष्मी बैंकको युरो कप योजना |
काठमाडौं । युरो कप २०२० को उमङ्गमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ-वान सफ्टसँग मिली प्रेडिक्ट एन्ड विन क्याम्पेन ल्याएको छ ।
यो क्याम्पेन युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखी सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरुले ५० एमबिपिएस को १ वर्ष अवधिको ईन्टरनेट सस्क्रिप्सन निःशुल्क पाउन सकिनेछ ।
यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सकिन्छ ।


