बिहीबार सुन प्रतितोला ३०० रुपैयाँले घट्यो |
काठमाडौं । सुनको भाउ बिहीबार प्रोतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार २०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ५० रुपैयाँ निर्धारण भएको थियो ।


