कतार एयरवेजले दैनिक उडान सहित शारजाह, युुएईको सेवा पुनː सुरु गर्ने |
दोहा । कतार एयरवेजले १ जुलाई २०२१ देखि दैनिक उडान सहित युएईको शारजाहको उडान सेवा पुनː सुुरु गने जानकारी दिएको छ । शारजाहको उडान सेवा एयरलाइन्सको अत्याधुनिक बोइङ ७८७ ड्रिमलाइनरबाट सञ्चालन हुनेछ जसको फस्ट क्लासमा २२ सीट र इकोनोमी क्लासमा २३२ सीटहरू छन् ।
सेवा पुनː सञ्चालनले एसिया, अफ्रिका, अष्ट्रेलिया र अमेरिकासम्म फैलिएको एयरलाइनको व्यापक अन्तर्राष्ट्रिय नेटवर्क मार्फत शारजाहसम्म वा शारजाहबाट उडान गर्ने यात्रुहरूलाई थप सजिलो हुनेछ । हाल यस नेट्वर्कमा १३० भन्दा बढी गन्तव्यहरू रहेका छन् भने जुलाई को अन्तसम्म साप्ताहिक १२०० उडान सहित गन्तव्य संख्या १४० भन्दा बढी वृद्धि गर्ने कम्पनीको योजना रहेको छ । अन्य शहरहरूका लागि विशेषगरी युएईमा दुबईबाट यात्रुहरूका लागि शारजाह एक वैकल्पिक प्रवेशद्वार हुनेछ ।
कतार एयरवेजको फ्लाइट QR1306, हमाद अन्तर्राष्ट्रिय एयरपोर्टबाट १४ː३५ मा प्रस्थान गर्दै १६ː४५ मा शारजाह पुुग्नेछ । त्यसैगरी, कतार एयरवेजको दैनिक उडान QR1307 शारजाहबाट १७ː५५ मा प्रस्थान गर्दै र १८ː०५ मा दोहा पुग्नेछ ।


