कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धता जनाउदै गुराँस लाइफले मनायो १४औं वार्षिकोत्सव |
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । साथै जनताहरुमा बीमाको पहुँच पु¥याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ ।
कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधीमा १० अर्बभन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भइसकेको जनाएको छ । एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी बनाएको बताएको छ । कम्पनीले वार्षिकोत्सवको अवसर पारेर ‘बीमा पनि बचत पनि, कम बीम शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको छ ।

