‘हिमालयन रि’लाई पुनर्बीमा लाइसेन्स दिने बीमा समितिको निर्णय |
काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लागि हिमालयन रि इन्स्योरेन्सलाई अनुमति दिने भएको छ । समितिमा नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको लागि आवेदन दिएका पाँच कम्पनी मध्ये हिमालयन रि लाई अनुमति दिने भएको हो ।
बीमा समितिको स्रोतका अनुसार प्राप्त प्रस्तावहरु मध्ये मूल्याँकनका आधारहरुमा उच्चतम अंक प्राप्त गरेका हिमालयन रिलाई सञ्चालनको लागि अनुमति दिने भएको हो ।
हिमालयन रि इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यवसायिक घरानाको लगानी हरेको छ ।
नयाँ पुनबीमा सञ्चालनको लागि समितिमा प्रुडेन्सियल रि, काठमाडौं रि, जेन्युइन रि, अन्नपूणर् रि र हिमालयन रि गरी पाँच वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।
समितिले गत बैशाख १६ गते २१ दिने सूचना जारी गर्दै थप एक पुनर्बीमा कम्पनीको लागि प्रस्ताव आह्वान गरेको थियो ।
अहिले पुनर्बीमा कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी मात्रै सञ्चालनमा छ । नीजि क्षेत्रबाट हिमालयन रि थपिएपछि नेपालमा २ वटा पुनर्बीमा कम्पनी हुनेछ ।


