२०८८ सालसम्म पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीलाई विस्थापन गरिने |
काठमाडौं । सरकारले आगामी १० बर्ष भित्र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै सवारीसाधनलाई प्रतिस्थापन गरी विद्युतिय सवारीलाई प्रोत्साहन गर्ने गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८∕०७९को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारीलाई विस्तापन गर्ने जनाएका हुन ।
यो सँगै विद्युतिय सवारीलाई आवश्यक सहुलियत दिन समेत धोषणा गरेको छ । सरकारले विद्युतीय सवारी साधन प्रोत्साहन गर्न पाँच वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुर छुट दिने भएको छ ।


