रिलायवल नेपाल लाइफले बोलायो साधारण सभा, आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने |
काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले भर्चुअल माध्यमबाट प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा असार ४ गते दिनको १ बजे साधारण सभा बोलाएको हो ।
सभामा सर्वसाधारणलाई छुट्टाएको शेयर जारी गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गर्दैछ ।
हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
यस्तै साधारण सभाले सञ्चालक नियुक्तिको अनुमोदन गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने र लेखा परिक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणहरु समेत परित गर्नेछ ।
Visited 1 times, 1 visit(s) today


