शिवम् सिमेन्टको अस्पताललाई अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग |
हेटौंडा । नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडद्वारा हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९० थान अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कम्पनीले उद्योग स्थल स्थित हेटौंडा उपमहानगरपालिका हटियामा अवस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिन्डर गरी जम्मा १९० थान अक्सिजन सहित ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु शिवम् सिमेन्टद्वारा उक्त अस्पताललाई हस्तान्तरण गरेको हो ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताएको छ ।




