दोस्रो लहरको कोरोनाका कारण ४ प्रतिशत आर्थिक वृद्धि चुनौतीपूर्ण |
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र सुधारोन्मुख दिशामा रहेको भएपनि निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने जनाएको छ ।
राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै कोभिड–१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न धेरै स्थानहरुमा गर्नुपरेको निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण रहेको जनाएको हो ।




