ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाख बढी डाउनलोड |
काठमाडौं । नेपाली ई–कमर्स ग्यापु मार्केप्लेसको मोबाइल एप एक लाख बढी डाउनलोड भएको छ ।
गत वर्ष कोभिड–१९ को सुरूआतमा सुरू भएको यो एकवर्षको अवधिमा आइपुग्दा एक लाख बढी डाउनलोड हुन सफल भएको हो ।
पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गरेर तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको निस्शुल्क होम डेलिभरी गर्दै ग्यापु मार्केटप्लेस सुरू भएको थियो ।
‘लकडाउनमा सुरु भएको यात्रा पक्कै पनि सहज थिएन,’ ग्यापुका संस्थापक सिइओ ज्ञानेन्द्र खड्का भन्छन् , ‘सजिलो नभए पनि उपभोक्तालाई सुविधा दिने हाम्रो प्रणमा हामी रोकिएनौं र निरन्तर अगाडी बढ्यौं ।’
ई–कमर्समा अभ्यस्त नभैसकेको नेपाली बजारमा हामीले उपभोक्ताको अथाह माया पायौं जसका कारण प्ले स्टोरमा ग्यापु मार्केटप्लेसको एप एक लाख डाउनलोड पुगेको उनको भनाइ छ ।
अहिले निषेधाज्ञामा ग्यापुले विभिनन ठाउँमा निशुल्क डेलिभरी गर्दै आएको छ ।
ग्यापुको सफलताको श्रेय ग्राहक, भेन्डर र दिन रात नभनी कोभिड कहरको समयमा निरन्तर खट्ने कर्मचारीमा जाने उनी बताउँछन् ।


