लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा ११.३९ प्रतिशतले बढ्यो |
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.३९ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १२ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २२.१३ प्रतिशतले बढेर ५२ करोढ ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४३ करोड १६ लाख रुपैयाँले खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ११ करोड ९२ लाख, लगानी कर्जा तथा अन्यबाट ४ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी एक अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड ३१ लाख रुपैयाँ, बीमा कोषमा ७१ करोड ६५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६ करोड ६७ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ १४ पैसा र मूल्य आम्दानी अनुपात ५१.७५ गुणा छ ।
यस अवधिमा इन्स्योरेन्सले १ लाख १९ हजार ३ वटा बीमालेख जारी गरी १ अर्ब १ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीले ४ हजार ९७० वटा दाबी बापत ७७ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ७५० वटा दाबी बापत ८७ करोड ५९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।



