आइसफल डाक्टरको टोली सगरमाथाको चुचुरोमा, आरोहणको बाटो खुल्यो |
काठमाडौं । वसन्त ऋतुका लागि सगरमाथा आरोहणको बाटो खुलेको छ । सगरमाथा आरोहणमा बाटो बनाउन हिँडेको आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको छ ।
सेभेन समिट ट्रेक कम्पनीका अनुसार शुक्रबार साँझ ६ बजे १० जना आरोही विशेषज्ञ शेर्पाहरुको टोली चुचुरोमा पुगेको छ ।
यसअनुसार अब आरोहीहरुलाई चुचुरोतर्फ जाने बाटो खुलेको छ । यो टोलीमा कीर्तिमानी आरोही कामिरिता शेर्पा समेत छन् । उनी २५ औं पटक चुचुरोमा पुगेका छन् ।


