स्वास्थ्य सामग्री सहित कतार एयरवेज कार्गो विमान भारतका लागि प्रस्थान |
दोहा । तीन कतार एयरवेज कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ राहत उद्देश्यले विश्वभरिका विभिन्न देशहरूबाट करिब ३०० टन स्वास्थ्य सामग्री बोकी भारतको लागि प्रस्थान गरेका छन् । ती तीनवटा उडानहरू कतार एयरवेज कार्गो विकेर पहलको एक भागको रूपमा एक पछि अर्को बेंगलुरु, मुम्बई र नयाँ दिल्लीको लागि प्रस्थान गरेका हुन् ।
यसै सन्दर्भमा कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले भने, “कोभिड–१९ संक्रमणको यो दोश्रो लहरले भारतका व्यक्तिहरूमा परेको प्रभावले सबैलाई स्तब्ध बनाएको छ । यही परिस्थितिमा भारतका साहसी स्वास्थ्य सेवाकर्मीहरूलाई सहयोग पु¥याउने विश्वव्यापी प्रयासमा सहभागी हुनुपर्दछ भन्ने सोचले हामी पनि अघि बढेका छौँ । ”


