आज रातिबाट सबै अन्तर्राष्ट्रिय हवाइ उडान बन्द हुँदै |
काठमाडौं । आज (वैशाख २३ गते) बाट अन्तर्राष्ट्रिय हवाइ उडान बन्द हुँदैछ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बिहीबार राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरिसकेको छ । वैशाख १९ गते बसेको मन्त्रीपरिषद बैठकले वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको थियो ।
आन्तरिक उडान भने बैशाख २१ गते रातिदेखि नै रोकिएका छन् । अत्यावश्यक पर्दा भने आन्तरिक तथा बाह्य चार्टर उडान गर्न सरकारले अनुमति दिएको छ ।


