२१ औं वर्षमा नेपाल लाइफ, २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको हो ।
देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्याउदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र उत्कृष्ट लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीको दावी छ ।
देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रपंतीमा रही निरन्तर सेवामा लागिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, चालकवर्ग, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गर्दछौं, कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यो उचाइसम्म ल्याई पुर्याउनमा निरन्तर विश्वासका साथै सदैव साथ एवं उचित मार्गनिर्देश दिने नियमनकारी निकाय, संचालक समिति, सेयरधनी लगायत सबैमा कृतज्ञताका व्यक्त गरे ।
करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको कम्पनीले जनाएको छ । कम्पनीमा सर्वाधिक लगानी १११.४७ अर्ब रुपैयाँ रहेको छ भने सर्वाधिक जीवन बीमा कोष १०१ अर्ब २८ करोड रुपैयाँ र सर्वाधिक सेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढी रहेको छ ।
कम्पनीको सर्वाधिक चुक्ता पुँजी ७.१९ अर्ब भन्दा माथि रहेको छ भने १ अर्बभन्दा बढि सर्वाधिक बजार पुँजीकरण रहेको छ । यस कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९.७७ अर्ब तथा सर्वाधिक मृत्यु दावी ३.७३ अर्ब भन्दा बढि भुक्तानी गरिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीमा १,७६,०४३ भन्दा बढी प्रशिक्षित अधिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल २ सय शाखा तथा उपशाखाहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरि २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बिमित भइसकेका छन् ।

