आशा लघुवित्तको नाफा २६७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी ५३ रुपैयाँ पुग्यो |
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा १० करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ जुन २६७ प्रतिशतले धेरै हो ।
लघुवित्तको खुद ब्याज आम्दानी ७८ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी ५५ प्रतिशतले बढेको छ जसले गर्दा लघुवित्तको नाफा बढ्न टेवा पुगेको देखिन्छ।
समीक्षा अवधिमा १५ प्रतिशतले पूँजी बढाएको लघुवित्तको प्रतिशेयर आम्दानी पनि १६ रुपैयाँबाट बढेर ५३ रुपैयाँ पुगेको छ। उसको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ रहेको छ।
लघुवित्तको निक्षेप र कर्जा लगानी क्रमशː ६३ प्रतिशत र ६० प्रतिशतले बढेको छ भने खराब कर्जा पनि घटेको छ।



