सीमा नाकामा कडाई गर्न सशस्त्र प्रहरी प्रमुखले दिए निर्देशन |
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाई गर्न बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् । सोमबार भिडियो स्ट्रिमिङ्गमार्फत प्रधान कार्यालयबाट उनले सीमा नाका व्यवस्थित गर्न, कोरोना सम्बन्धी जनचेतना फैलाउन र उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन र कोरोना महामारी नियन्त्रणका लागि उच्च सतर्कताका अपनाउन बाहिनीपतिहरुलाई भनेका छन् । आफ्ना युनिटको अवस्था बुझ्न र कर्मचारीको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य मापदण्ड पालना गराउनको लागी कडाईका साथ प्रस्तुत हुन खनालले निर्देशन दिएका हुन् ।
‘आन्तरिक व्यवस्थापन, सीमा नाकामा कडाई, अत्यावश्यडक वस्तु ढुवानीमा सहजीकरण गर्नुस्’ खनालले निर्देशन सम्बोधन गर्दै भने– ‘महामारीको मौकामा हुने चोरी, तस्करी नियन्त्रणमा प्रभावकारी ढंगले कार्य गर्न गर्नुस् ।’
बाहिनीपतिहरुले आफ्ना–आफ्ना कार्य प्रगति विवरण प्रस्तुत गरेका छन् । बाहिनीपतिहरुले कोरोना संक्रमण नियन्त्रणको लागी भएका प्रयासका बारे आफ्नो–आफ्नो योजना प्रस्तुत गरेका थिए ।


