बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार शुरु, तस्बिरमा हेर्नुहोस् |
राजकुमार फिलिपको अन्तिम संस्कार शनिबार बेलायतको विन्डसर क्यासलस्थित सेन्ट जर्ज च्यापलमा हुँदैछ । अन्तिम संस्कारका लागि शवयात्रा शुरु भइसकेको छ । शवयात्राका दौरान ड्यूक अफ एडिनबरा प्रिन्स फिलिपका छोराछोरी शववाहनको पछि–पछि हिँडेका थिए । कोरोना भाइरसको प्रतिबन्धका कारण अन्तिम संस्कारमा सिमित संख्यामा मात्र परिवारका सदस्यहरु उपस्थित रहेका थिए ।
बकिंघम प्यालेसले एक वक्तव्यमा महारानी एलिजावेथलाई शोकाकुलको अन्तिम सूची तयार गर्न निकै कठिन फैसला लिनु परेको जनाएको थियो ।
शुरुवातमा ८ सय जनालाई अन्तिम संस्कार कार्यक्रममा सहभागी गरिने बताए पनि अन्तिममा ३० जनालाई मात्र सामेल गराइयो । महारानी राजकुमार फिलिपको परिवारका सबै सदस्यलाई यसमा सहभागी गराउन चाहन्थिन् ।
Visited 1 times, 1 visit(s) today


