सुनचाँदी ब्यवसायीको हत्या भएकोमा गंभिर आपत्ति, ब्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह |
काठमाडौं । सुनचाँदी ब्यवसायी प्रदिप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोलि हानी हत्या भएकोमा नेपाल सुनचाँदी ब्यवसायी महासंघको गंभिर ध्यानाकर्षण भएको छ । लहान स्थित अमिता ज्वेलर्सका संचालक ४० बर्षिय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको पाइएको छ । यो घटनाले मुलुकभरका सुनचाँदी ब्यवसायी लाई त्रसित र भयभित मात्र वनाएको छैन, यसले सिँगो मुलुकको सुरक्षा ब्यवस्था र ब्यवसायीक सुरक्षाको बिषयमा समेत गंभिर प्रश्नचिन्ह खडा भएको छ ।
सिरहाको लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माकोे हत्या पछि सो समूहले अमिता ज्वेलर्समा रहेका सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् । त्यसक्रममा उनकी श्रीमति अमिता विश्वकर्मा पनि घाइते भएकी छन् । लुटेरा समूहले उनकी श्रीमतीमाथि कुटपिट गरी घाइते बनाएका हुन् । ब्यवसायी विश्वकर्मा श्रीमतीसँग त्यही बसेका बेला लुटेरा समूहले गोली चलाएको पाइएको छ ।
यसतर्फ सरकार एवं सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सुनचाँदी ब्यवसायी महासंघले ध्यानाकर्षण गराएको छ ।



