अरुण भ्यालीको हकप्रद निष्काशन प्रयोजनार्थ चैत ९ गते बुकक्लोज |
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ ।
कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि चैत ९ गते एक दिन बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ बराबर ०.५ अनुपातमा प्रतिकित्ता १०० अंकित मूल्यका ५२ लाख ४९ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन २५ गते अनुमति पाएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५७ करोड २३ लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।


