क्रिसमसमा लाइभ कन्सर्ट गर्दै ग्यापु र सिभिल मल |
काठमाडौं । ईकमर्स कम्पनी ग्यापु मार्केट प्लेस र सिभिल मलले २५ डिसेम्बर ( पुस १०) मा 'क्रिसमस सेलिब्रेसन' गर्ने भएको छ ।
काठमाडौं सुन्धारास्थित सिभिल मलको फुड कोर्टमा दिउँसो २ बजेदेखि सुरू हुने कार्यक्रममा रोहित जोन क्षेत्री, इमर्ज ब्याण्ड लगायतको लाइभ प्रस्तुति रहने ग्यापुकी बिजनेस डेभलपमेन्ट म्यानेजर सुरजनी केसीले बताइन् ।
कार्यक्रमको काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।
साथै, ग्यापु मार्केट प्लेस र सिभिल मलको फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिनेछ ।
कोभिड- १९ का कारण लामो समयदेखि सांगीतिक कार्यकम नभैरहेको सन्दर्भमा स्वास्थ सुरक्षा सावधानीका साथ कन्सर्ट गर्न लागिएको सिभिल मलका सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए ।
कार्यक्रम हेर्न उपस्थित सहभागीले ग्यापु मार्केट प्लेस र एक्सल ट्रिपको तर्फबाट उपहारहरू र छुट भौचर प्रदान गरिने बताइएको छ ।
कार्यक्रम एक्सल ट्रिप नेपालसँगको समन्वयमा आयोजना गरिएको हो ।
ग्यापु र सिभिल मलकै आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १७ गते पनि सिभिल मलमै अल्मोडा रानाको लाइभ कन्सर्ट गर्ने बताइएको छ ।



