नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र कर सहित साढे पाँच प्रतिशत नगद लाभांश गरी कुल साढे १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
Visited 1 times, 1 visit(s) today


