सुनचाँदीको भाउ लगातार दोश्रो दिन वृद्धि, प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार |
काठमाडौं । सुनचाँदीको भाउ लगातार दोश्रो दिन पनि वृद्धि भएको छ । मंसिर १७ गते, बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।
यस दिन छापावाला सुन प्रतितोला ९१ हजार र तेजाबी सुन प्रतितोला ९० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार तोलामा ५०० रुपैयाँले उकालो लागेर प्रतितोला ९० हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले उकालो लागेको छ । यस दिन चाँदी प्रतितोला एक हजार १८५ रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार पनि चाँदी ३५ रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।


