अन्तर्राष्ट्रिय लेखा दिवस कार्यक्रम सम्पन्न |
काठमाडौं । आधुनिक लेखा पद्दतीका पिताका रुपमा परिचित Luca Pacioli ले November 10, 1494 मा ““Everything About Arithmetic, Geometry and Proportion” नामक पुस्तक प्रकाशित गरेको संझनामा विश्वमा हरेक वर्ष November 10 लाई International Accounting Day को रुपमा मनाईदै आइरहेको छ । International Federation of Accountants (IFAC), Confederation of Asia and Pacific Accountants (CAPA) तथा South Asian Federation of Accountants (SAFA) का सदस्य संस्थाहरुलेNovember 10 लाई International Accounting Day को रुपमा मनाउंदै आइरहेको र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था पनि ती संस्थाहरुको सदस्य भएकोले विगत तीन वर्ष देखि यस दिवस लाई मनाउन सुरु गरेको छ । यस वर्ष पनि नोभेम्बर १०, २०१९ ९२०७६ कार्तिक २४ गते० आइतवारका दिन प्रभातफेरी कार्यक्रमको आयोजना गरि International Accounting Day मनाइएको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य लेखा शिक्षाको महत्वप्रति जनचेतना जगाई, लेखाको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिहरुलाई उजागर गर्ने तथा लेखा शिक्षा सम्बन्धि नवीन अवधारणाहरुको विषयमा छलफल गर्ने, लेखाका विद्यार्थीहरुलाई प्रोत्साहन प्रदान गर्ने र लेखा शिक्षाको प्रचारप्रसार गर्ने रहेको थियो । आज काठमाडौं लगायत देशका अन्य सहरहरु पोखरा, विराटनगर, बुटवल तथा विरगंजमा पनि यस्तै भव्यताका साथ कार्यक्रमहरु सम्पन्न भएको छ ।
काठमाडौंमा विहान संस्थाका पार्षद तथा पूवअध्यक्षज्युहरुको उपस्थितिमा संस्थाका उपाध्यक्ष सिए। मदन कृष्ण शर्माले सुभारम्भ गर्नु भएको प्रभातेफरी भृकुटीमण्डपबाट शुरु भै शहरका विभिन्न स्थानपछि भृकुटीमण्डप मै गएर समापन भएको थियो । समापन समारोहमा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति माननीय भरत कुमार शाह प्रमूख अतिथि रहनु भएको थियो भने त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा। डा। डिल्लीराज शर्मा विशेष अतिथि रहनु भएको थियो ।
प्रमुख अतिथि माननीय भरत कुमार शाहले लेखाको महत्वको बारेमा प्रकाश पार्दै सार्वजनिक लेखासमितिको भूमिकाको बारेमा समेत प्रकाश पार्दै लेखा शिक्षा तथा समग्र संस्थाको विकाश र सहकार्यमा सार्वजनिक लेखासमितिको सभापतिको हैसियतले आवश्यक सहयोग गर्न आंफू तयार रहेको बारेमा समेत कार्यक्रममा उल्लेख गर्नु भएको थियो । त्यस्तै विशेष अतिथि प्रा। डा। डिल्लीराज शर्माले अहिलेको लेखा शिक्षाको बारेमा उल्लेख गर्दै दिनप्रतिदिन यसप्रति विद्यार्थीहरुको आकर्षण बढ्दै गैरहको र यस शिक्षालाई समयानुकुल बनाउन संस्थासंगको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने बारेमा उल्लेख गर्दै अहिले उठेका कतिपय विषयहरुमा छलफलबाट समाधान गर्न विश्वविद्यालय तयार रहेको बारेमा समेत उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष सिए। मदन कृष्ण शर्माले उपस्थित सबैलाई स्वागत गर्दै लेखा शिक्षा तथा पेशाको समाज। संस्था र देशको सुशासन एबं बिकासमा ठूलो भूमिका रहने उल्लेख गर्नु भयो र कार्यक्रम आयोजनाको उद्देश्य तथा महत्वको बारेमा समेत प्रकाश पार्नुभएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन संस्थाका निवर्तमान अध्यक्ष तथा पार्षद सिए। जगन्नाथ उपाध्याय निरौलाले गर्नुभएको थियो भने संचालन संस्थाका निमित्त कार्यकारी निर्देशक विनोद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पार्षदहरु, पूर्व अध्यक्षहरु, वरिष्ठ शिक्षाविद्हरु, संस्थाका सदस्यहरु, संस्थाका विद्यार्थीहरु, कर्मचारीहरु लगायत गरि करिव ८०० भन्दा बढीको उपस्थिति रहेको थियो ।


