स्वास्थ्य र सफाइ सावधानीका लागि यस्ता छन् गोदरेजका उत्पादन |
काठमाडौं । घरायसी सामग्री ब्रान्ड गोदरेजले कोभिड १९ महामारी लक्षित व्यक्तिगत तथा पारिवारिक सफाइमा उपयोग हुने विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ ।
गोदरेजले नेपाली बजारमा यस्ता वस्तु ल्याइसकेको छ। कोरोना भाइरस महामारीका कारण व्यक्तिगत सफाइप्रति सचेतना बढेको र यही समयमा गुणस्तरीय वस्तु ल्याइएको कम्पनीले जानकारी दिएको छ ।
'नयाँ परिस्थितिमा पनि सुरक्षा र सरसफाइको आवश्यकता लाई पुरा गर्न गोदरेज कन्ज्युमर प्रोडक्ट्स लिमिटेड (जीसीपीएल) को गोदरेज प्रोटेक्ट शृंखला बजारमा ल्याएको छ' कम्पनीले भनेको छ ।
गोदेरज नेपालका कन्ट्री म्यानेजर आशिस अग्रवालले गोदरेजको नयाँ उत्पादनले उपभोक्ताहरुलाई विद्यमान महामारीले निम्त्याएको जीवनलाई सामना गरेर जिउन मद्दत गर्ने बताए ।
व्यक्तिगत, घरायसी र भान्सामा प्रयोगका लागि उपयोगी सामग्रीले कीटाणु, ब्याक्टेरिया र भाइरसबाट ९९ .९९ प्रतिशत सुरक्षा दिने कम्पनीले दाबी गरेको छ ।
कम्पनीले स्यानिटाइजर,साबुन,मास्क, बालबालिकाका लागि ह्यान्डवाश लगायतका उत्पादनहरु बजारमा ल्याएको छ ।
कम्पनीका उत्पादनहरु यस्ता छन्:
गोदरेज प्रोटेक्टले ९९.९ प्रतिशत किटाणुहरु, भाइरस र व्याक्टेरियालाई रोक्न सक्ने क्षमता राख्ने कम्पनीले दाबी गरेको छ ।
प्रोटेक्ट हेल्थ साबुन: एन्टी व्याक्टेरियल र एन्टी फन्गल तत्वहरु मिश्रित भएर बनेको यो साबुनले ९९.९ प्रतिशत किटाणुहरुबाट सुरक्षा दिन्छ । यो साबुन ५० ग्राम र १०० ग्रामको प्याकेटमा उपलब्ध छ ।
प्रोटेक्ट इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर: ६० प्रतिशतभन्दा धेरै अल्कोहलको मात्रा भएको बास्नादार प्रोटेक्ट स्यानिटाइजरले ९९.९ प्रतिशत किटाणुहरुबाट सुरक्षा दिने कम्पनीको दाबी छ। जेलको रुपमा उपलब्ध स्यानिटाइजर ५० मि.लि, १०० मि.लि., ५०० मि.लि. र ५ लि. मा यो पाइन्छ ।
प्रोटेक्ट मल्टिपर्पोज डिसइन्फेक्ट लिक्विड: यो व्यक्तिगत र घरेलु प्रयोगको लागि उपयोगि छ। यो सिट्रस र अक्वा जस्ता दुई प्रकारमा उपलब्ध छ ।
प्रोटेक्ट मास्कः छ वटा लेयर भएको यो मास्कले किटाणुसँगै ५ प्रतिशत व्याक्टेरिया, विभन्न हावाका कणहरु लगायत धुलो बाट बच्न मद्दत गर्दछ । यो सानो, मध्यम र ठूलो गरि तीन प्रकारमा उपलब्ध छ ।
यस अघि गोदरेजले होम केयर, पसर्नल केयर र हेयर केयरका उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।
उपभोक्ताहरुलाई भाइरसहरुको बारेमा सचेत गराएर बचाउन आवश्यक भएकाले गोदरेजले आफ्ना उत्पादन देशभरि नै पुर्याउने लक्ष्य लिएको छ ।
गोदरेजका यी सामग्रीहरु किराना पसल, भाटभटेनी जस्ता डिपार्टमेन्टल स्टोरहरुमा पनि पाइने छन । अनलाइन माध्यमबाट पनि खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।



