दशैं बिदाकाे पाँच दिन बैंकहरू नखुल्ने |
काठमाडौं । दशैंकाे बिदा अवधि कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरू बन्द हुने भएकाे छ । नेपाल बैंकर्स संघले एक बिज्ञप्ति जारी गर्दै काेभिड १९ का कारण बैंकका कर्मचारी समेत प्रभावित भएकाले साे समयमा शाखा खाेल्न नसकिने स्पष्ट पारेकाे छ ।
संघले ३७०० भन्दा धेरै बैंक कर्मचारीमा काेराेना संक्रमण भएकाे जनाएकाे छ ।
बैंकका शाखा नखुले पनि डिजिटल बैंकिङ र एटीम सेवा भने नियमित हुने छ ।
बिगत बर्षहरूमा तालिका निकालेर दशैं बिदाकाे समयमा पनि बैंकहरू केही घण्टाका लागि खुल्ने गरेका थिए ।


