‘मेरो ब्रान्ड’ अनलाइन सपिङले सुरु गर्यो कारोबार |
काठमाडौं । नेपाली ई–कमर्स बजारमा ‘मेरो ब्राण्ड डट कम’ले आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यले मेरो ब्रान्ड डटकमले आफ्नो उपस्थिती जनाएको कम्पनीको दावी छ ।
निकै लामो गृहकार्यपछि मेरो ब्रान्ड डट कम बजारमा उपस्थिती जनाएको कम्पनीको सिईओ राजकुमार विष्टले बताए ।
बजारमा उपभोक्ताहरुले आफूले खोजेको ब्राण्ड न्युनतम मुल्यमा उपलब्ध गराउने कम्पनीको योजना छ । काठमाण्डौ उपत्यका भित्र १ दिनमै सामानडेलिभरी गराउने कम्पनीले जनाएको छ ।
‘अनलाईन सपिङ गर्दा उपभोक्ताले सोचेकै गुणस्तरीय सामाग्री उपलब्ध गराउने र त्यसबाट अनलाइन सपिङ प्रति आम उपभोक्ताको विश्वसनियता बढाउने हाम्रो मुख्य उदेश्य हो,’ विष्टले भने ।
उपभोक्ताले मेरो ब्रान्ड डट कममा लग इन गरी आफूले चाहेको बस्तु खरिद गर्न सक्नेछन् ।


