मुक्तिनाथ विकास बैंककाे खानेपानी ट्याङ्की सहयाेग |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले धनगढी उप–महानगरपालिकामा रहेको बसपार्कका लागि पानी ट्याङ्की दिएको छ ।
ट्याङकी बैंकको धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका वडा नं ४ का अध्यक्ष दिपक थापालाई प्रदान गरे ।
यो बसपार्क सुदुरपश्चिमकै केन्द्र विन्दु रहेकोले यात्रुको आवतजावत धेरै हुने हुँदा उनीहरुको सहजताका लागि पिउने पानी ट्याङकी दिइएको बैंकको भनाइ छ ।
बैंकले ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत सेवा दिदैं आएको छ ।


