कतार एयरवेजले शिक्षकहरुलाई २१ ह्जार निːशुल्क टिकट प्रदान गर्ने |
दोहा, कतार । कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा पनि युवा एवं बालबालिकाहरु लाई शिक्षा सुविधा प्रदान गर्न निरन्तर लागी रहेका शिक्षकहरुको सम्मान स्वरुप विश्व शिक्षक दिवसको उपलक्ष्यमा कतार एयरवेजले २१ ह्जार निːशुल्क टिकट वितरण गर्ने जानकारी दिएको छ ।
टिकट अक्टोबर ५ दोहाको समय अनुसार बिहान ४ बजेदेखि सुरु भई अक्टोबर ८ बिहान ०३ː५९ बजेसम्म वितरण वितरण गरिनेछ । शिक्षकहरुले यस सीमित योजनामा सहभागी हुन qatarairways.com/ThankYouTeachers मा गई एक आवेदन फारम भरेर एक युनिक कोड लिुनपर्नेछ र टिकट फस्र्ट कम फस्र्ट सर्भका आधारमा वितरण गरिनेछ ।
Visited 1 times, 1 visit(s) today


