पोख्रेली पानी ‘पिउरो’ अब काठमाडौंमा |
काठमाडौं । पोख्रेली पानीको ब्राण्ड ‘पिउरो’ काठमाडौंमा भित्रिएको छ। उपत्यकामा उपभाेक्ताले ‘पिउरो’ एक लिटरको बोतलमा किन्न पाउने कम्पनीले बताएकाे छ ।
पिउरोको उत्पादन ज्ञान फुड एण्ड बेभरेजले गरेको हो । यसअघि कम्पनीले ‘पिउरो’ पानी पोखरा र आसपासका सहरमा एक लिटर बोतल र बीस लिटरको जारमा बिक्री गर्दै आएको थियाे ।
खाद्य तथा गुणस्तर नियन्त्रण बिभागले तोकेको मापदण्ड पूर्ण रुपमा पालना गरी उत्पादन गरेको कम्पनीका प्रवन्ध निर्देशक अशोक खड्काले बताए ।
पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको खड्काको दाबी छ ।
उपभाेक्ताले ‘पिउरो’ पानी ग्यापु अनलाइनमा किन्न पाउँने छन्न ।


