किबोर्डमा आउँदै छन् नयाँ इमोजी |
काठमाडौं । अचेल कसैलाई रमाइलो मेसेज गर्नु परेमा हामी शब्द 'मेसेज' मात्र पठाउँदैनौ । मेसेजसँगै जोडिन्छन् इमोजीहरु । पछिल्लो समय शब्द मेसेज भन्दा इमोजी बढी चल्तीमा छ । आफूलाई लागेको कुरा वा भाव हामी इमोजीमार्फत पोख्छौं ।
शब्दमा भन्दा इमोजीमा रमाउनेका लागि खुशीको खबर छ ।
इमोजी मापदण्ड तय गर्ने तथा निरीक्षण गर्ने गैर नाफामूलक संस्था युनिकोड ‘कन्सर्टियम’का अनुसार किबोर्डमा अब नयाँ इमोजीहरु थपिँदैछ। ‘कन्सर्टियम’ले एकैपटक २ सय बढी नयाँ इमोजी सार्वजनिक गर्दैछ ।
कन्सर्टियमले गत अप्रिलमा कोभिड–१९ का कारण सन् २०२२ सम्म कुनै पनि नयाँ इमोजी सार्वजनिक नहुने बताएको थियो ।
यद्यपि अब सार्वजनिक हुन लागेका नयाँ इमोजी सामान्य रहेको कम्पनीले बताएको छ ।
उक्त इमोजी प्रायले यस वर्षको समयलाई झल्काउन खोजिएको छ । यी मध्ये एउटा मुटुमा पट्टी लगाएको इमोजी छ। अर्को मुटुमा आगो बलेको इमोजी छ। जसको प्रयोगमा मुख्यत इष्र्या र दुःख व्यक्त गर्न सकिन्छ ।
अहिले किबोर्डमा भइरहेको इमोजी पहेलो रङ्गमा मात्र मान्छेको चित्र वा जोडी देख्न सकिन्छ। अब आउने नयाँ रङ्गका इमोजीले भने अन्तरजातीय सम्बन्धहरूको चित्रण गर्नेछ ।
कम्पनीकाअनुसार यी नयाँ इमोजी सन् २०२१ को जनवरीदेखि अक्टुबरसम्म सार्वजनिक हुनेछन् । यी सबै समावेश र थप इमोजीको पूर्ण प्याकेजको इमोजी १४.० भने सन् २०२२ मा सार्वजनिक हुने बताइएको छ ।


