सानिमा बैंकको क्रेडिट कार्ड आवेदन अनलाईनबाटै दिन मिल्ने |
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधा र सुरक्षालाई ध्यानमा राखी अनलाईन मार्फत् क्रेडिट कार्ड आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।
ग्राहकहरुले क्रेडिट कार्ड आवेदन दिनका लागि बैंकको वेवसाइट www.sanimabank.com मा गई “क्रेडिट कार्ड आवेदन” मा क्लिक गरी फारममा उल्लेखित आवश्यक विवरण भर्नुपर्ने बताइएको छ ।
फारम भरेपछि क्रेडिट कार्ड स्वीकृत भएकोबारे र कार्ड दिइने समयसम्बन्धी जानकारी इमेल तथा फोनमार्फत् दिइने बैंकको भनाइ छ।
क्रेडिट कार्ड आवेदनका लागि बैंकसम्म भौतिक रुपमा पुग्नु नपर्ने भएका कारण यो प्रक्रिया सरल, सुरक्षित हुनुका साथै समयको पनि बचत हुन्छ । यो सुविधा यही असोज ६ गतेदेखि संचालनमा ल्याएको बैंकले जनाएको छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा छुट प्राप्त गर्नुका साथै मासिक किस्तामा सामान खरिद गर्न सकिन्छ ।
सानिमा बैंकले डिजिटल बैंकिङ्ग प्रणालीलाई प्राथमिकता दिँदै समयानुकूल विभिन्न ग्राहकमैत्री सेवा तथा सुविधाहरु परिस्कृत रुपमा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकले हाल ८२ शाखा कार्यालय १५ विस्तारित काउन्टर तथा ८१ एटिएमबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


