सात महिनापछि खुल्यो आन्तरिक उडान, सुरक्षाका के के गर्नुपर्छ, हेर्नुस् बुद्ध एयरको भिडिओ |
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै जारी लकडाउन आदेशले बन्द भएको आन्तरिक हवाई उडान आजदेखि खुलेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वास्थ्य सुरक्षाका मापदण्ड निर्धारण गरी उडान गर्नका लागि एयरलाइन्सहरूलाई आजदेखि अनुमति दिएको छ ।
सोहीअनुसार एयरलाइन्सले आजदेखि उडान सुरू गरेका छन् । आजदेखि खुल्ने उडान सामान्य अवस्थाको तुलनामा २५ प्रतिशतमात्र हुने छन् । विमानस्थलको भीड व्यवस्थापन तथा मागका आधारमा उडानको कोटा निर्धारण गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
उडान गर्दा यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्नेछ। त्यस्तै भाइजर पनि उनीहरूले अनिवार्य लगाउनुपर्ने छ तर भाइजर भने एयरलाइन्स आफैले व्यवस्था गर्नेछन् । जसको लागत टिकटमै जोडिने छ ।
विमानस्थलमा समयमै पुगेर सकेसम्म सम्पर्कबिहिन बोर्डिङ प्रक्रियाको व्यवस्था एयरलाइन्सले मिलाउनुपर्ने छ भने यात्रुले पनि दुरी कायम गरेर हरेक काम गर्नुपर्ने छ ।
हेर्नुस् भिडिओ ː


