आज कोरोनाबाट थप आठ जनाको मृत्यु |
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको हो ।
कोरोनाको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ । मृत्यु हुनेमा चार जना महिला छन् भने अन्य पुरूष छन् ।
काठमाडौंकी ७१ वर्षीया र ७४ वर्षीया, बाराकी ४६ वर्षीया र काभ्रेकी ५५ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको छ ।
त्यस्तै, सुनसरीका ७० वर्षीय, सप्तरीका ३४ वर्षीय, काभ्रेका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरूष छन् ।


