दराज र भिसाबीच साझेदारी |
काठमाडौं । नेपालमा अनलाइन कार्ड भुक्तानलाई अगाडि बढाउन नेपालको अग्रणी अनलाइन बजार बजार र डिजिटल भुक्तानी टेक्नोलोजीमा विश्व लिडर, भिसा बीच साझेदारी भएको छ ।
२०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि, दराजले अलिबाबाको विशाल टेक्नोलोजी र अनुभवको लाभ उठाउदै आफ्नो ग्राहकहरुको लागि बढी सुविधाजनक, सुरक्षित र सजिलो अनलाइन पूर्वभुक्तानी विधिहरु विस्तार गर्दै आएको छ ।
यस साझेदारीलाई सुरू गर्दै दराज र भिसाले आफ्नो ग्राहकहरुलाई असोज १४ सेप्टेम्बर ३०० सम्म भिसा कार्ड प्रिपेन्टमा १५५ छुट दिइरहेका छन् । दराजमा ५,००० भन्दा बढी विक्रेताहरू र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किरानादेखि फेसनसम्मका ४,५०,०० भन्दा बढी उत्पादनहरू रहेका छन् ।
ग्राहकहरुले यी मध्ये कुनै पनि छनौट गरि, आफुले दराजमा सेभ गरि राखेको भिसा कार्ड मार्फत पूर्वभुक्तानी गरे रु ५०० सम्मको अधिकतम छुट पाउनेछन । यो अफर एक पटक मात्र प्रयोग गर्न सकिन्छ र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रिपेड कार्डहरुमा लागु हुनेछ ।
'नेपालमा अनलाइन भुक्तान विधिहरूको विकासका लागि सामूहिक प्रयास आवश्यक छ। त्यसैले हामी भिसासँग मिलेर यस कार्य लाई अघि बढाउन एकदमै खुसी छौं । यो प्रारम्भिक प्रस्तावको साथ हामी हाम्रा ग्राहकहरुलाई पहिले देखिनै बढी सुविधाजनक र सुरक्षित अनलाइन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थप लाभ प्रदान गर्न चाहन्छौं,' दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने ।
भिसामा मर्चन्ट सेल्स, अक्वेरिंग र साइबरसोर्सका प्रमुख, शैलेश पलले भने, 'सामाजिक दूरीको आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन सपिंग हाल एकदमै महत्वपूर्ण भएको छ। हामी अनलाइन खरीददारहरूलाई अनलाइन भुक्तानी सुविधा मार्फत एक सुरक्षित अनुभव प्रदान गर्न चाहन्छौँ र यसको लागी नेपालको अग्रणी अनलाइन बजार दराज सँग साझेदारी गर्न पाउँदा खुसी छौं। दक्षिण एसियाली बजारहरूमा दाराजसँगको हाम्रो सम्बन्धले उपभोक्ताहरूको किनमेलका अनुभवहरुलाई सुधार गर्न स्थापित कम्पनिहरु साझेदारीमा जानुपर्ने र जानसक्ने कुरालाई प्रमाणित पनि गर्दछ ।'


