एक दशकमा नेपालले ४० लाख रोजगारी सिर्जना गर्यो ː विश्व बैंक |
काठमाडौं । नेपालको अर्थतन्त्रले पछिल्लो १ दशकमा ४० लाख रोजगारी सिर्जना गरेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गत बिहीबार सार्वजनिक गरेको ‘नेपाल जब्स डाइनोग्स्टिक’ रिपोर्टअनुसार नेपालको अर्थतन्त्र कृषिबाट उद्योग र सेवा क्षेत्रमा आधारित बन्दै जान थालेको र यसले तलबी रोजगार (वेजेज बेस्ड जब) बढाएको देखिएको हो । यद्यपी यो रिपोर्टले कोभिड १९ महामारी पछिको अवस्था भने नसमेटेको विश्व बैंकले जनाएको छ ।
सन १९९८, २००८ र २०१८ मा गरिएका राष्ट्रिय श्रमशक्ति सर्वेक्षण, सन २०१८ को आर्थिक सर्वेक्षण र गतवर्ष (सन २०१९) मा विभिन्न ६ जिल्लाका ९ सयभन्दा बढी साना तथा मझौला उद्योग (एसएमई) मा गरिएको अध्ययनअनुसार नेपालमा श्रमबजारको दायरा बढ्दै गएको देखिएको विश्व बैंकले जनाएको छ ।
नेपालको भौगोलिक अवस्थाका कारण पनि ज्यालामा आधारित रोजगारी बढेको र अधिकांश रोजगार अनौपचारिक क्षेत्रमा रहेको विश्व बैंकको रिपोर्टमा उल्लेख छ ।
Visited 1 times, 1 visit(s) today


