आर्थिक स्वतन्त्र सूचकमा नेपालको सुधार, एक स्थान माथि उक्लियो |
काठमाडौं । आर्थिक स्वतन्त्रता सूचांकमा नेपालको सकरात्मक सुधार देखिएको छ । विश्व आर्थिक स्वतन्त्रता सूचकमा नेपाल एक स्थान माथि उक्किलएको छ ।
क्यानडामा रहेको फ्रेसर इन्सिच्युटसँगको सहकार्यमा समृद्धि फाउन्डेसनले नेपालमा सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता रिपोर्ट २०२० मा नेपाल १६२ देशशमा १०९ औं स्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा एक स्थान सुधार गरेको हो ।
सरकारी आकार सूचकमा नेपाले अघिल्लो वर्षको तुलनामा न्यून अंक पाएर ६३ औं स्थानमा छ । कानूनी व्यवस्था तथा सम्पतिको अधिकार सूचकमा १०४ स्थाानमा छ । त्यस्तै साउन्ड मनीको पहुँच सूचकमा १३७ औं स्थानमा छ । अन्तर्राष्ट्रिय व्यापारको स्वतन्त्रतामा १११ औं स्थानमा रहेको नेपाल ऋण,श्रम र व्यापारको नियमन सूचकमा ७१ औं स्थानमा रहेको छ ।
यो सूचकमा पहिलो नम्बरमा हङकङ छ भने दोस्रोमा सिंगापुर रहेको छ । न्यूजल्यान्ड, स्विटजरल्यान्ड, अमेरिका, अष्ट्रेलिया, मौरिसस, जर्जिया, क्यानडा र आयारल्यान्ड पहिलो १० मा परेका छन् ।
यद्यपी सन् २०१८ को डेटामा आधारित सूचक तयार पारिएको हो ।


