उपत्यकामा ३९६ जना संक्रमित थपिए, थप छ जनाको मृत्यु |
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ३९६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७ पुगेको छ भने ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना छन् ।
यसैगरी, थप ६ जनाले कोभिड १९ संक्रमणका कारण ज्यान गुमाएका छन् । यसरी नेपालमा अहिलेसम्म कुल ३०६ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।


