देशभर ९७९ जनामा कोरोना संक्रमण पुष्टि |
काठमाडौं । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा ३३८ महिला र ६४१ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ भने ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् ।काठमाडौं उपत्यकामा ३२६ जनामा संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा छन् ।
यस्तै मकवानपुरका ७३ जना, सुनसरीका ६५, धनुषाका ४४, बाँकेका ४२, सिराहा, बर्दिया र रुपन्देहीका ४१∕४१ जना, मोरङका ३९, कास्कीका ३०, काभ्रेका २८, सर्लाहीका २०, सप्तरी, चितवन र सुर्खेतका १९∕१९ जना, गोरखाका १८, झापा र नवलपुरका १६∕१६ जना र लमजुङका १५ जनामा संक्रमण पुष्टि भएको छ ।
गुल्मीका ८ जना, कञ्चनपुरका ७ जना, पाँचथर र तनहुँका ६∕६ जना, पाल्पाका ५ जना, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, दैलेख र कैलालीका ३∕३ जना, कपिलवस्तु, नवलपरासी र कालीकोटका २∕२ जना तथा उदयपुर, भोजपुर, सोलुखुम्बु, सिन्धुली, पर्वत, प्युठान, जाजरकोट, जुम्ला, बझाङ र बाजुराका १र१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


