गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको पोखरा न्यूरोडमा खुल्यो नयाँ शाखा |
काठमाडौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सको पोखरा न्यूरोडमा नयाँ शाखा खुलेको छ । शुक्रबार २०औ शाखाको रुपमा कास्की जिल्लाको पोखरा न्यूरोडमा शाखा बिस्तार गरिएको हो ।
यस वित्तीय संस्थाको चुक्तापूँजी तथा जगेडा कोषमा १ अर्ब १९ करोड रहेको छ । साथै निक्षेप संकलन ५ अर्ब १३ करोड तथा कर्जा लगानी ३ अर्ब ७९ करोड प्रवाह भएको छ ।
हाल यस संस्थाको २० वटा शाखा कार्यालयहरु र २ वटा एक्सटेनसन काउन्टरहरु संचालनमा छन् ।


