खनिज इन्धनको प्रयोग विस्थापित गर्न युनिलिभरले १ अर्ब युरो लगानी गर्ने |
काठमाडौं । युनिलिभरले आफ्ना सफाइ उत्पादनमा खनिज इन्धनको प्रयोग सन् २०३० सम्म विस्थापित गर्ने घोषणा गरेको छ । समाचार संस्था रोयटर्समा प्रकाशित समाचारअनुसार कम्पनीले आफ्ना सफाइ उत्पादनमा पेट्रोकेमिकलको प्रयोग हटाउनका लागि १ अर्ब युरो लगानी गर्ने बताएको छ ।
कार्वन उत्सर्जमा घटाउनका लागि कम्पनीले घरायासी तथा व्यक्तीगत सफाइका उत्पादनहरुमा पेट्रोकेमिकलको ठाउँमा जैविक स्रोतबाट आएको पदार्थको प्रयोग गर्ने जनाएको छ ।
कम्पनीले कूल केमिकलको ४६ प्रतिशत प्रयोग गर्ने लाउन्ड्री उत्पादन गर्ने होम केयर विभागबाट सुरु गर्ने घोषणा गरेको छ ।


